चितवन । दशौ राष्ट्रिय कर दिवसमा करलाई अवसरको रुपमा लिन जोड दिईएको छ । आज आन्तरिक राजश्व कार्यालय, भरतपुरमा आयोजित दशौं राष्ट्रिय कर दिवसको उद्धघाटन कार्यक्रममा सहभागी बक्ताहरुले करलाई डरको रुपमा नलिई अवसरको रुपमा लिन जोड दिएका हुन् ।
कार्यालयले बिहान कर सचेतना अभिवृद्धि गर्ने उद्धेश्य सहित चितवनका उद्योग व्यवसायी, पेशाकर्मी सहितलाई सहभागी गराएर प्रभातफेरी कार्यक्रम नारायणगढको उद्योग वाणिज्य संघको परिषरबाट शुरु गरेको थियो ।
कार्यलयमा आयोजित कर दिवसको अवसरमा बोल्द्रै उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले हिजोका दिनमा कर कार्यालय र व्यवसायीको बिचमा द्धन्द्ध भएतापनि पछिल्ला दिनमा हातेमालो गर्दै अघि बढेको बताए । करको दायरा फराकिलो, कर पारदर्शी हुनुपर्ने भन्दै व्यवसायी र कर कार्यालयको बीचको खाडल पुरेर अवसरको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले कर तिर्ने काममा व्यवसायीले सम्झौता गर्न नहुने बताए । अझैपनि ७५ प्रतिशत करदातामा कर सचेतनामा कमी रहेको भन्दै करलाई डरको रुपमा हटाई दायित्व महसुस गर्नुपर्ने कंडेलको भनाई छ ।
कार्यालयका कर अधिकृत हरिराम ढकालले कर सप्ताह अभियानलाई प्रेरित र प्रभावकारी बनाउन सम्पूर्ण करदातालाई समन्वय र सहयोग गर्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले करलाई अनिवार्य दायित्वको विकासको रुपमा लैजानुपर्ने बताए । ‘करको स्वार्थका कारण तिर्ने र लिनेबीचको दुरी कम गरी करमैत्री र सूचनामैत्री प्रणालीमा जोड दिनुपर्छ । ’तामाङ्गले भने ।
सो अवसरमा बोल्दै कार्यालयका प्रमुख कर अधिकृत घनश्याम पन्थीले हाल सरकारले दिएको कर छुटलाई भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए । कर प्रणालीलाई थप सुधार्दै लगिएको भन्दै उनले कार्यालयले वैज्ञानिक प्रणाली अनुसार करदाताले आफैले अनलाईन मार्फत करचुक्ता गर्न सकिने प्रणालीको विकास गर्न लागिएको बताए । देशकै ८४ वटा कर सेवा कार्यालय मध्ये चितवन चौथौ श्रेणीमा रहन सफल भएको पन्थीले जानकारी दिए ।
कार्यक्रमका अन्य सहभागिले सरकारले आयातित सामानमा भन्सार कम हुनुपर्ने , करलाई करदाताले स्वतस्फूर्त तिनुपर्ने वातावरण बनाउनु पर्ने यसलाई दायित्व र अवसरको रुपमा लिन वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा उत्कृष्ट करदाता भरतपुरको नारायणी सामुदायिक हस्पिटललाई सम्मान गरिएको थियो । हस्पिटलले यो समेत गरी ८ औं पटकसम्म उत्कृष्ट करदाता सम्मान पाएको हो ।
दशौं राष्ट्रिय कर दिवस अन्तर्गत सात गते सम्म पहिलो दिन प्रभात फेरी, उद्धघाटन ,करदाता सम्मान कर्मचारीलाई प्रशंसा वितरण, भोली दुई गते पहिलो सेवाग्राहीलाई सम्मान गर्ने , यस्तै मंसीर ३ गते उवासंघ, चितवनसंग अन्र्तक्रिया, चारगते उवासंघ, रत्ननगर, पांँचगते सहकारीसांग, ६ गते अडिटर र सहकारी र खैरहनी उवासंघ संँग र ७ गते उद्योग व्यवसायी संँगहरुसंँग छलफल र अन्र्तक्रिया गरी समापन गरिने कार्यालयले जानकारी दिएको छ ।