चितवन । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका प्रभाव चितवनका सरकारी कार्यालयहरुमा परेको छैन । बन्दले सेवा लिन आउने सेवाग्राहीहरुको संख्या कम भए पनि सबै सरकारी कार्यालयहरु खु्लेका छन् ।
बन्द आह्वान गरिएपनि सबै सरकारी कार्यालयहरू खुलेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । प्रजिअ तामाङले भने, ‘सरकारी कार्यालयहरू हिजोअस्ति जस्तै आज पनि खुल्छन् । केहीले स्वस्फुर्त रूपमा गाडीहरू चलाउनु भएको छैन । राजमार्ग अवरुद्ध गर्न खोज्ने र टायर बाल्न खोज्नेलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएको छ ।’