चितवन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि प्रभाव परेको छ । चितवन भएर पूर्वपश्चिम जाने गाडीहरु चलेका छैनन् ।
चितवन भएर काठमाडौँ पोखरा जाने गाडीहरु पनि ठप्प छन् । नारायणगढ र भरतपुरको बजारमा दुई पांग्रे मोटरसाइकल र अटोहरु चलेको पाइन्छ । बन्दका कारण जनजीवन कष्टकर बनेको छ । बजार सुनसान देखिन्छ । भित्री साना बजारका केही पसलहरु खुलेका छन् । बजारका चोकचोकमा प्रहरीको उपस्थिति पर्याप्त छ ।