चितवन । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको असर चितवनमा पनि परेको छ ।
बिहानै देखीको बन्दको प्रभावले गर्दा लामो दूरीबाट यात्रा गरेका यात्रुले भने सास्ती खेपेका छन् । यात्रुहरु चितवनका विभिन्न स्थानमा अलपत्र परेका छन् । बन्दको कारण सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।
बन्दको प्रभाव कम गराउन चोकचोकमा बाक्लो रुपले प्रहरी परिचालन गरिएको छ ।