भरतपुर । नेकपा (माले) को महासचिवमा फेरि सिपी मैनाली आएका छन् । मालेको चितवनमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले महासचिवमा सिपी मैनालीलाई चयन गरेको छ ।
२०३५ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव नै सिपी मैनाली हुन् । २०४७ मा माले एमालेसँग गाभिएको थियो । बीचमा केही वर्ष माले पार्टी रहेन । २०५४ मा एमाले विभाजित भएपछि बामदेव गौतमको नेतृत्वमा बनेको नेकपा मालेतिर मैनाली गए । बामदेव समूह एमालेमा गाभिएपछि मैनाली नेकपा माले पार्टीमै कायम राख्दै लगातार महासचिव पदमा रहँदै आएका छन् ।