चितवन । चितवनको टिकौली जंगलमा एक पुरुषको शव फेला परेको छ । आज विहान करिब ७ बजेको समयमा गोन्द्राङ नजिकै टिकौली जंगलको १०० मिटर भित्र शव फेला परेको हो ।
मृतक अन्दाजी ६० बर्षको पुरुष रहेको र अन्त कतै हत्या गरेर शवलाई जंगलमा फालेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान घाँस काट्ने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

