चितवन । नेपाली कांग्रेसले जिल्ला तथा क्षेत्रीय अधिवेशनको लागि स्थानहरु तोकेको छ । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार जिल्ला अधिवेशन वीपी कोइराला क्यान्सर अस्पतालको हलमा गरिनेछ ।
क्षेत्र नम्बर १ (क) को अधिवेशन खैरहनी ९ मा रहेको पुन समाजको भवन, १ (ख) को होटल सेभेनस्टार, २ (क) को उद्योग वाणिज्य संघ चितवन, २ (ख) को भरतपुर महानगरपालिका वडा नम्बर ४ यज्ञपुरीमा रहेको संगोल पार्टी प्यालेस, ३ (क) को शहिदस्मृति कलेज शारदानगर, ३ (ख) का लागि सत्कार पार्टी प्यालेस पार्वतीपुरमा गरिने कांग्रेस चितवनले जनाएको छ ।
प्रदेश निर्वाचन क्षेत्र अन्तर्गतको निर्वाचन मंसिर ३ गते र संघिय निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ६ गते हुने छ । मंसिर ६ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर १ का लागि होटल स्टार बैंक्येट टाँडी, २ का लागि उद्योग वाणिज्य संघ चितवन र ३ का लागि शहिद
स्मृति कलेज शारदानगर तोकिएको छ ।

