हेटौंडा। हेटौंडा हुदै काठमाडौं जोड्ने वैकल्पिक मार्ग अन्तर्गतको भिमफेदी-कुलेखानी-फाखेल -सिस्नेरी सडक खण्डमा आइतबारबाट टाइम कार्ड लागु भएको छ। उक्त सडकखण्ड भएर चल्ने भाडाका सुमो र बोलेरो जिपलाई आइतबार बाट टाइम कार्ड लागु गरिएको हो।
भिमफेदी देखी फाखेल सम्म २७ किलोमिटरको दुरी र भिमफेदी देखी सिस्नेरी सम्मको २८ किलोमिटर दुरीमा टाइम कार्ड लागु गरिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताए।
उक्त दुरीमा सुमोलाई पुग्न १ घण्टा ३० मिनेटको समय निर्धारण गरिएको छ। निर्धारण गरिएको समय भन्दा छिटो पुगेका सुमोलाई कारवाही गरिने छ।
उक्त मार्गमा सवारी दुर्घटना बढेसगै दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागु गर्ने निर्णय गरेका थिए।

