चितवन । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथी रहेको कार्यक्रममा संस्थाका अध्यक्ष आसिक तामाङले बार्षिक प्रतिवेदन, सचिव बासुदेव लामिछानेले कार्यप्रगति प्रतिवेदन,कोषाध्यक्ष बिष्णु भण्डारी कट्टेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गौतमबाबु अर्यालले आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले पिठुवा खानेपानीले गरेको प्रगतिको प्रसंशा गर्दै उपभोक्ताको हितमा काम गरेकोमा धन्यबाद दिँदै उपभोक्ताको सुझाबलाई मध्यनजर गरी काम गर्न सुझाव दिए ।
रत्ननगरका मेयर नारायण वनले नगरपालिकाले नगरका प्रत्येक घरमा खानेपानी पुर्याउने लक्ष्य लिएको वताउदै घर घरमा खानेपानी पुगेमा अशुद्ध पानीका कारण लाग्ने रोकमा कमी आउने विश्बास ब्यक्त गरे ।
कार्यक्रममा संस्थालाई जग्गा प्रदान गर्ने शिवलाल श्रेष्ठ,सीता नेपाल तथा निर्वाचन समिति र उत्कृष्ट कर्मचारीहरु विपना प्रधान,थानेश्वर ढकाललाई सम्मान तथा पुरस्कृत गरिएको छ । त्यसैगरी संस्थाको विकासमा योगदान गर्ने एकनाथ लामिछाने,रोहित अधिकारी,शेरबहादुर रानाभाट,कलाधर ढकाल,शंकर देवकोटा र सुर बहादुर बस्नेतलाई मरोणपरान्त सम्मान गरिएको थियो ।
साधारण सभामा उपमेयर विमला दुवाडी,रत्ननगर खानेपानीका अध्यक्ष भीष्मराज पौडेल,विठुवा खानेपानीका संस्थापक अध्यक्ष जयन्द्र कुमार श्रेष्ठ, रत्ननगर वडा नं १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ,नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल,नेपाली काँग्रेसका नगर उपसभापति कमलनाथ अधिकारी,माओवादी केन्द्रका नगर अध्यक्ष ओम लामिछाने,एकीकृत समाजबादीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

