चितवन । नेकपा मालेको आठौँ महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । नारायणी कला मन्दिर नारायणगढमा महाधिवेशन सुरु भएको हो ।

तीन दिनसम्म चल्ने महाधिवेशनको आज मालेका महासचिव सीपी मैनालीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा संवोधन गर्दै महासचिव मैनालीले देशको वर्तमान अवस्था र समसामयिक विषयमा बताएका थिए । कार्यक्रमको उद्घाटन अघि मालले नारायणगढ बजारमा जुलुस निकालेको थियो ।








