भरतपुर । पछिल्लो २४ घन्टामा चितवनमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार पछिल्लो २४ घन्टामा भरतपुर महानगरमा ७ जना,रत्ननगर नगरपालिकामा १ जना, खैरहनी नगरपालिका ३ जना, रत्ननगर नगरपालिकामा १ संक्रमित थपिएका छन् । शनिवार सक्रिय संक्रमितको संख्या २४१ पुगेको छ ।
हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ८०८ पुगेको छ । २६ हजार १३९ जना निको भएका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२८ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।


