चितवन । एमाले महाधिवेशन प्रतिनिधिको लागि चितवनबाट शिवकुमारी गोतामे सर्वसम्मत छनौट भएकी छन् । उनी एक दलित महिलाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्नेछिन् ।
चितवनबाट एक महिलासहित जम्मा दुई जना दलित प्रतिनिधि महाधिवेशनको लागि छानिनेछन् । दलित महिलाबाट प्रतिनिधिको लागि मनोनयन गर्ने उनीमात्र एक्लै हुन् । चितवनबाट दुई दलितसहित २८ जना महाधिवेशन प्रतिनिधि छानिनेछन् । महाधिवेशन प्रतिनिधि बन्नको लागि चितवनमा २११ जनाको मनोनयन दर्ता भएको छ ।

