चितवन । रत्ननगर –३ शान्तिचोकबाट ठूलो परिमाणमा लागूऔषध चरेश बरामद भएको छ । इलाका प्रहरी कार्यालय टाँडीले शान्तिचोकस्थित एक पसलको गोदामबाट चरेश बरामद गरेको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक क्वीन्टलभन्दा बढी चरेश बरामद भएको जनाएको छ । चेयनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश बरामद गरेको प्रहरीको भनाइ छ। टाँडी प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

