चितवन। चितवनमा आज निषेधाज्ञा उल्लंघन गर्ने २८३ वटा सवारी साधनलाई चितवन प्रहरीले कारबाही गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट उनीहरुलाई कारबाही गरिएको हो ।
त्यस्तै चितवनमा निषेधाज्ञा उल्लंघन गर्दै पसल सञ्चालन गर्ने ५० जना सञ्चालकहरुलाई पनि प्रहरीले कारबाही गरेको छ । निषेधाज्ञा उल्लंघन गर्दै पसल सञ्चालन गर्ने ५० जनालाई कारबाही गरिएको हो ।
प्रशासनको निर्देशन विपरित पसलहरु खुल्न थालेपछि प्रहरीले अनुगमन बढाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज एकै दिन १२ वटा पसलका सञ्चालकहरुलाई कारबाही गरिएको छ । कारबाहीमा परेका सञ्चालकहरुबाट ५ हजार ८०० रुपैयाँ जरिवाना असुल गरिएको छ । निषेधाज्ञाको पहिलो दिन बुधवार कारबाहीमा परेका पसल सञ्चालकहरुलाई २ हजार ४०० रुपैयाँ जरिवाना गरिएको थियो ।
तोकिएको समय भन्दा अन्य समयमा पसल सञ्चालन गरेकोले उनीहरुलाई कारबाही गरिएको चितवनका प्रहरी प्रवक्त, डिएसपी सरोज गिरीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा दिने बाहेकका पसलहरु सञ्चालनमा रोक लगाएको छ ।