चितवन । सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याटले कोरोनाका बिरामीको उपचारका लागि अस्पतालसम्म पुग्न समस्यामा परेकालाई निःशुल्क यातायातको व्यवस्था गरेको छ।
चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा एम्बुलेन्स पाउन कठिन भइरहेको सन्दर्भमा सपना भिलेज सोसियल इम्प्याटका अध्यक्ष ध्रुव गिरीले पर्यटक बोक्ने गाडीमा निःशुल्क सेवा दिने घोषणा गरेका हुन् ।
सपना भिलेज सोसल इम्प्याक्टले विगत दुई दशकदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । विशेष गरी सीमान्तकृत चेपाङ, माझी मुसहर तथा अल्पसंख्यकहरुको जीवनस्तरमा परिवर्तन ल्याउने किसिमका थुप्रै गतिविधि यस संस्थाले गर्दै आएको छ ।
यसअघिको लकडाउनमा पनि थुप्रै विपन्न तथा गरिब समुदायका लागि राहत सामग्री वितरण, लत्ताकपडा तथा आवासका लागि यस संस्थाले योगदान गरेको छ ।
यो सुविधा लिनका लागि सम्बन्धित वडा कार्यालय, नगरपालिका वा सम्पर्क नम्बर ९८४२६११५१२, ९८४५०६७६१७, ९८४५४३६२३४ मा सम्पर्क गर्न सकिने छ ।