चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनकोलागि चितवन आएका एमाले शीर्ष नेताहरु नारायणी किनारको अवलोकन पछि सौराहा पुयेर पिङको मज्जा लिएका छन् ।
उनीहरुले १०औँ महाधिवेशनकोलागि स्थलगत निरीक्षणका क्रममा सौराहाको होटल सेभेन स्टारमा रहेको लिङ्गे पिङको मज्जा लिएका हुन् । दशैं, तिहार जस्ता पर्वहरुमा खेलिने पिङमा चाड पर्व सकिसके पछि भएपनि एमाले नेताहरुले पिङको मज्ज चितवन आएर लिए ।

