चितवन । चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।
कोरोना संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स लगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख नारायण वनले आफु चढ्दै आएको सहित चारवटा गाडी संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेका हुन ।
प्रमुख वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्न समेग आग्रह गरेका छन् । यस अघि रत्ननगरले कोरोना संक्रमितलाई अस्पताल लैजान निशुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेको छ ।