चितवन । नेकपा मालेको आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । नेकपा माले चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यही कार्तिक २७ गतेदेखि २९ गतेसम्म नारायणी कला मन्दिर नारायणगढमा महाधिवेसन हुने जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा मालेका स्थायी कमिटी सदस्य तथा चितवनका अध्यक्ष दिननाथ घिमिरेले महाधिवेसनको उद्घाटन नेकपा मालेका महासचिव सीपी मैनालीबाट हुने बताए । उनले भने, ‘नीतिगत पक्षलाई प्राथमिकता दिएर महाधिवेसनबाट नेतृत्व चयन हुनेछ ।’ कार्तिक २७ गते उद्घाटन हुनुअघि मालेले नारायणगढमा जुलस निकाल्ने उनले बताए । २९ गते वैचारिक छलफलबाट सर्वसम्मत नेतृत्व चयन गर्ने उनको भनाइ थियो ।
सम्मेलनमा मालेका पोलिटव्युरो सदस्य भगवती घिमिरेले कार्यक्रममा नागरिकता विधयक, एमसिसी सम्झौताको विरोध गरेकी थिइन् ।


