चितवन । नेकपा एमाले माडी नगर कमिटिको अध्यक्षमा नारायण प्रसाद अधिकारी चयन भएका छन् ।नेतृत्व विहिन भएको नेकपा एमाले माडि नगर कमिटीले नारायण अधिकारीलाई अध्यक्ष पाएको हो । लामो समय चलेको छलफ पश्चात् उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
माडी नगर अधिवेशन सहजीकरण कार्यदलकी संयोजक सरस्वती बिष्टले अधिकारीको अध्यक्षतामा ४ जना सदस्य पछि थप गर्नेगरी ७१ सदस्यीय माडी नगर कमिटी चयन भएको जानकारी दिइन्।
नगर कमिटीले उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा श्रीप्रसाद दवाडी चयन गरेको छ । उपसचिवहरुमा पूर्णकला सुनार र महदत्त काफ्लेलाई कमिटीमा चयन गरेको छ ।

