रत्ननगर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले अविरल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरेका छन् ।
रत्नननगरमा उद्योगी व्यवसायिहरुले संचालन गरेको सहकारी संस्था आज बुधबार रिवन काटेर मन्त्री खनालले उद्घाटन गरेका हुन् ।
सहकारीको उद्घाटन गर्दै मन्त्री खनालले सहकारी संचालनमा आएकोमा खुसी ब्यक्त गर्दै सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने विश्वास ब्यक्त गरेका थिए ।
,सिपमुलक,रोजगारमुलक लगायतका क्षेत्रमा लगानि गर्ने उद्देश्य सहित रत्ननगरको टाँडीमा अविरल सहकारी संचालनमा ल्याइएको संस्थाका अध्यक्ष ज्ञान बहादुर विसुरालले जानकारी दिए ।
चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटी,रत्ननगर नगरपालिकाका मेयर नारायण वन लगायतको उपस्थिती रहेको उद्घाटन कार्यक्रममा मन्त्री खनाललाई रत्ननगर उद्योग बाणीज्य संघ र अविरल सहकारीको तर्फबाट सम्मान समेत गरिएको थियो ।

