चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर महानगर कमिटीको अध्यक्षमा शंकर थपलिया चयन भएका छन् ।
त्यस्तै सचिवमा टिकाराम सुवेदी चयन भएका छन् । एमालेको भरतपुर महानगर कमिटीमा थपलिया चयन भएता पनि उपाध्यक्ष पछि मनोनित गर्ने गरि सो पद खाली राखिएको एमाले भरतपुरका नेता नवराज ढकालले बताए ।
साथै, उपसचिवमा निशा अधिकारी चयन भएकी छिन् । ११७ सदस्सीय कमिटी रहेको महानगरमा उपाध्यक्ष र एक उपसचिव भने हालसम्म खाली रहेको छ । साथै ढकालले खाली रहेको पद छलफल पछि पूर्ती गर्ने बताए ।

