चितवन। चितवनमा पछिल्लो २४ घण्टामा २ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ७ सय ४७ नमुना परिक्षणका क्रममा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
भरतपुर महानगरपालिकामा मात्र १ सय ८१ जना रहेका छन् । खैरहनी नगरपालिकामा ६, माडी नगरपालिकामा २ , रत्ननगरमा १८, राप्ती नगरपालिकामा ५, कालिका नगरपालिकामा ९ जना संक्रमित फेला परेका हुन । इच्छाकामना गाँउपालिकामा पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमित फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो संगै चितवनमा सक्रिय संक्रमितको सङ्ख्या १ हजार ९ सय ७७ पुगेको छ । जसमध्ये १ हजार ८ सय ३७ जना होम आइसोलेसनमा रहेका छन् । जिल्ला भित्रका १ सय ४० जना विभिन्न अस्पताल र संस्थाका आइसोलेसनमा रहेका छन् । जिल्लामा हाल सम्म कोरोनाका ९ हजार ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।