मकवानपुर । आज बिहान मकवानपुरबाट १२२ किलो गांँजासहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गा.पा. वडा नं. २ बस्ने नर बहादुर मुक्तान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार बिहान ०५ः४५ बजेको समयमा प्राप्त बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउंँपालिका . वडा नम्बर ९ जयसिंह स्थित पुर्व पश्चिबम लोकमार्ग सडकखण्डको किनारमा शंकास्पद रुपमा बसिरहेका उनलाई पक्राउ गरिएको हो ।
शंकास्पद सामानको सुरक्षा गरिरहेको उनको सामान चेकजांँच गर्दा उक्त परिमाणको लागुऔषध गाँजा १२२ किलो फेला परेको हो । मुक्तानलाई उक्त गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

