चितवन । माडीका नगरप्रमुख ठाकुर ढकालले नगर क्षेत्रका वास्तविक सुकुम्बासीहरुको भूमिसम्बन्धी समस्या समाधानमा सम्बन्धित आयोग वा सरकारबाट वेवास्ता भएको आरोप लगाउनुभएको छ ।
ढकालले सामाजिक सञ्जालमार्फत नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगलाई पठाएको परिपत्र सार्वजनिक गर्दै हालसम्म आयोगका तर्फबाट कुनैपनि आधिकारिक जानकारी माडी नगरपालिकालाई नआएको जनाउनुभयो । यथास्थितिमै आयोगको काम अगाडी बढे माडीका वास्तविक सुकुम्बासीहरु रुँदै बस्नुपर्ने र केहि हुनेखाने अब्यवस्थित बसोबासीहरुले उपभोग गर्दै आएका जग्गाको लाभ उनीहरुले मात्रै पाउने भन्दै नगरप्रमुख ढकालले नगर क्षेत्रका वास्तविक सुकुम्बासीहरुको वास्तविक समस्या समाधानमा पहल गरिदिन ‘सम्बन्धित पक्ष’ सँग अनुरोध समेत गर्नुभयो ।
माडी नगरपालिकाभित्र गणेशगुञ्ज, ढुकुरबारी, छरछरे, घोसरी, भंगेता, पाण्डवनगर लगायतका क्षेत्रमा २०२६ सालदेखि बसोबास रहेको तथा बादरझुला, प्याउली जस्ता क्षेत्रहरुमा तीन दशकदेखि मानव बसोबास रहेको नगरप्रमुख ढकालले जनाउनुभयो । तर सो क्षेत्रहरुलाई २०२६ को नापीले वन क्षेत्र कायम गरेको र चितवन राष्ट्रिय निकुञ्जले वनको सिमाना नजिकै, वन क्षेत्रमा पर्ने जग्गाको सिफारिस नगर्नु भनी निर्देशन गरेकाले सुकुम्बासीहरुलाई समस्या परेको मेयर ढकालको भनाई छ ।
माडीको भूमिसम्बन्धी समस्या समाधानमा आयोग र सरकारबाट वेवास्ता : नगरप्रमुख ढकाल
माडीको भूमिसम्बन्धी समस्या समाधानमा आयोग र सरकारबाट वेवास्ता : नगरप्रमुख ढकाल
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु