कास्की। पोखराबाट लागू औषधसहित दुई युवतीलाई पक्राउ परेका छन् । लागू औषध बेच्नका लागि बोकेर हिँडिरहेका दुई जना युवतीलाई पोखरा सिमलचौरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सिमलचौरमा शंका लागेर चेकजाँच गर्दा लम्जुङ दोर्दी गाउँपालिका ७ घर भई पोखरा, नयाँ बजार बस्ने प्रेमा गुरुङ र गुल्मीको मालिका –२ घर भई नयाँ बजारमा बस्दै आएकी कोपिला अर्याललाई लागू औषधसहित पक्राउ गरेको हो ।
अभियुक्त प्रेमा र कोपिलालाई लागू औषध मुद्दामा आठ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

