चितवन । कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान रत्ननगर नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
कोरोना महामारीलाई मध्येनजर गरी संक्रमित विरामीलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स व्यवस्था गरिएको मेयर नारायण वनले जानकारी दिए । एम्बुलेन्सको अभावमा कोरोना संक्रिमितले ज्यान गुमाउन नपरोस भनेर एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनको भनाई छ ।
सो नगरपालिकाले कोरोनाको पहिलो लहरबाटै निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको छ । संक्रमितलाई जिल्ला भित्रका अस्पतालसम्म पु¥याउन एम्बुलेन्स व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमण भएको शंका लागेमा पीसीआर परीक्षण र संक्रमित भएर अस्पताल जानुपरेमा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले बताए । सम्पर्कका लागि ९८०७२१५१७४ र ९८४३९१००११ नम्बरको व्यवस्था गरिएको छ ।