चितवन। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भरतपुर महानगरपालिकाको सेवा प्रभाबित भएको छ । भरतपुरमहानगरमा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछि अति आवश्यक बाहेक सबै सेवा बन्द हुने भएको छ ।
आज शुक्रबारबाट वैशाख मसान्तसम्म अति आवश्यक बाहेक बाँकी सेवाहरु बन्द रहने महानगरपालिकले जनाएको छ । नगरकार्यपालिकाको हिजो बिहीवार बसेको बैठकले उक्त निर्णय गरेको जानकारी महानगरले जारी गरेको सुचनामा उल्लेख छ । अती आवश्यक सेवा अन्तर्गत स्वास्थ्य, सरसफाई, दमकल,तथा बिपत ब्यबस्तापन सेवा भने खुल्ला रहनेछ ।