चितवन । पूर्वी नवलपरासीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सहित दोस्रो लहरको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नवलपुरमा ९ पुगेको छ ।
कावासोती नगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा र मध्यविन्दु नगरपालिका–१२ का ७० वर्षीय पुरुषको भरतपुर अस्पतालमा बिहिबार राति निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।