चितवन । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाललाई आज चितवनको निपनी स्थित गायत्री हरिहर मन्दिरमा सम्मान गरिएको छ । मन्त्री खनाललाई गायत्री हरिहर मन्दिर व्यवस्थापन समितिले सम्मान गरेको हो ।
धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले करिब १५ करोडको लगानीमा धर्मशाला निर्माण सुरु गरिएको धर्मशाला निर्माणको लागि मन्त्री खनालले सुरुदेखि नै सहयोग गर्दै आएको र थप सहयोगकोलागि ध्यानर्कषण गराइएको निर्माण समितिले बताएको छ ।
मन्त्री खनालले रत्ननगरको गायत्री हरिहर मन्दिर पूर्वी चितवनकै गहना रहेको बताए । मन्दिरको विकास गरी धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनको भनाई छ ।
कार्यक्रममा मन्त्री खनाल सहित एनआरएनएका सचिव गौरी जोशी,नेपाल सरकारकी उपसचिव जमुना मिश्र,नेपाली काँग्रेसका नगर सभापति प्रलाद सापकोटा,नेकपा (एकिकृत समाजबादी) रत्ननगर नगर अध्यक्ष बद्रिनाथ घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

