चितवन । चितवनको राप्तीबाट कौडा खेलिरहेका ३ जना पक्राउ परेका छन् ।
हिजो बेलुका ५ बजे तिर कौडा खेल्न प्रयोग भएको १ थान काठको वोर्ड र नगद रु एक लाख तेईस हजार दुई सय रुपैया सहित राप्ती नगरपालिका वंडा नं ८ स्थित पाख्रिवासबाट ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

