चितवन । गैडाकोटमा रहेको भृकुटी कागज कारखाना भित्र एक युवकको शव फेला परेको छ । कारखाना भित्र गैडाकोट ५ का २४ बर्षिय प्रकाश कुमालको शव फेला परेको इलाका प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आज दिउँसो १ बजे स्थानीयले शव देखेर प्रहरीलाई खवर गरेका थिए । प्रहरीले शव पोष्टमार्टमका लागि भरतपुर पठाएको छ । घटनाका वारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

