चितवन । रत्ननगर नगरपालिकाले मंगलबार आइसोलेसन सञ्चालनसम्बन्धी स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएको छ ।
रत्ननगर नगरपालिकाभित्र रहेका २० जना स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमितको उपचार, अक्सिजन लगाउने तरिका, आवश्यक परामर्श तथा हेरचाह गर्ने विषयलगायतमा प्रशिक्षण दिइएको स्वास्थ्य शाखाका सहसंयोजक नरहरि श्याम शर्माले जानकारी दिए ।
कार्यक्रममा रत्ननगर अस्पतालका कोभिड फोकल पर्सन डा. निश्चल मास्केले स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएका थिए ।
मेयर नारायण वनको अध्यक्षतामा रत्ननगर बकुलहर अस्पतालमा सञ्चालित कार्यक्रममा नगरस्तरीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक केशव आचार्य, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, रत्ननगर बकुलहर अस्पतालका निमित्त मेसु डा. महेश पौडेललगायतले मन्तव्य राखेका थिए ।