चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले मंगलबार निषेधाज्ञा उल्लंघन गर्ने ३१४ जनालाई होल्ड कारबाही गरेको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेमा ९४ पुरुष र २२० जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए ।
प्रनाउ गिरीका अनुसार मंगलबार दिनभरमा २२४ मोटरसाइकल तथा स्कुटर र २७ अन्य सवारी साधन गरी २५४ सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।
जसबाट ७४ हजार १०० रुपैयाँ जरिवानास्वरुप राजस्व संकलन भएको उनले जानकारी दिए । सोही क्रममा मास्कको प्रयोग नगर्ने ३४ जनालाई मास्क समेत वितरण गरिएको प्रहरीले जनाएको छ ।