चितवन । तिहार नजिकिंँदै गर्द चितवनमा सयपत्री फूलको माग बढ्दै गएको छ । गतबर्ष कोरोना प्रभाव भएपनि यसपटक मौसम अनुकुल हुंँदा फूलको उत्पादन पनि बढेको छ । यसपटक सयपत्री फूलखेतीमा किसानको आकर्षण बढेकोले पनि फूलको उत्पादन बढेको हो । यसपटकको तिहारमा फूल तयार हुने समय उपयुक्त भएको र कोरोना कहर मत्थर हुंँदै गएकोले माग पनि दोब्बर बढेको किसानहरुले बताएका छन् ।
कालिका नगरपालिका वडा नम्बर २ का फूल किसान गोविन्द बास्तोलाले यो बर्ष उत्पादन संँगै दिनहुंँ माग पनि बढ्दै गएको बताए । ‘पोहोर ७ कठ्ठामा फूल लगाउंँदा मागपनि थिएन उत्पादन पनि थिएने उनले भने, अहिले डेढ विघामा लगाएको छु माग पुर्याउनै सकेको छैन ।’ हाल उनको बारीमा एक विघामा लगाईएको सयपत्री फूल बिक्रीका लागि तयारीमा छन भने बांँकी १५ कठ्ठामा लगाईएको फूलपनि कोपिला लागिरहेको छ ।

‘मेरो अहिले दैनिक पांँचसय माला फूल बिक्री भएको छ । माग त दोब्बर छ तर पुरयाउन सकेको छैन ।’ बास्तोलाले भने ।
सोही वडाका अर्का किसान खगेश्वर बास्तोला पनि बिहानदेखि फूलबारीमै फूल टिप्न र बिक्री गर्न व्यस्त छन । ‘अहिले उत्पादन पनि राम्रो भयो । बिक्री पनि भ्याईनभ्याई छ । म फूल खेतीबाट सन्तुष्ट छु । अब यसलाई थप विस्तार गर्छु ।’ उनले भने । कोरोना कहरसंँगै विवाह,ब्रतबन्ध, सभा सेमिनार र धार्मिक अनुष्ठानका कार्य भईरहेकोले पनि नियमित रुपमा सयपत्री फूलको माग भईरहेको उनको भनाई छ ।

फूलखेतीको पकड क्षेत्र मानिएको पश्चिम चितवनमा पनि यसबर्ष सयपत्री फूलको उत्पादन राम्रो भएको छ । ‘मैले अहिले दुई विघामा सयपत्री फूल लगाएको छु । भरतपुर वडा नम्बर २६ का फूल किसान दिपक पाख्रिनले भने,कोही तयार हुंँदैछन कोही बिक्री गर्दैछु । अहिले मौसम पनि राम्रो भयो । कोरानाको असर पनि परेन ।’ हाल उनले सातामा काठमाडौंमा मात्रै झण्डै दुईहजार माला फूल बिक्री गर्दै आएको सुनाए । उनका अनुसार आफ्नो नर्सरीबाट सयपत्री फूलको विरुवा जिल्लाका विभिन्न ठाउंँमा बिक्री गरेकोले किसान र फूलखेतीको क्षेत्रफल बढेसंँगै उत्पादन बढेको हो ।
गतसाल कोरोना कहर र मौसम प्रतिकुल हुंँदा फूल बारीमै सुकेपनि यसबर्ष उत्पादन र माग बढेपछि फूलखेती किसान उत्साहित भएको फ्लोरिकल्चर एशोसियसन, चितवनका अध्यक्ष अमर घले बताउंँछन । ‘अहिले क्षेत्रफलसंँगै किसान पनि दोब्बर बढेको छ , मागपनि दोब्बर छ ।’ घलेले भने । उनका अनुसार गतसाल २० देखि २५ जना किसानले सयपत्री फूल खेती गरेका थिए र क्षेत्रफल पनि २० विघा जति थियो तर अहिले किसानको संख्या ५० को हाराहारी र फूलेखेतीको क्षेत्रफल पनि ४० विघाको हाराहारीमा छ । उत्पादन बढेपनि चितवनको उत्पादनले चितवनलाईनै नपुग्ने उनले बताए । ‘यो तिहारमा ४ लाख माला फूलको माग हुन्छ तर उत्पादन दुईलाख माला फूल उत्पादन होला ।’ घलेले भने ।
बाँकी फूल भारतबाट आयात हुने र अन्यले आफ्नै घर करेसाबारीमा लगाएको फूल उपयोग गर्ने उनको भनाई छ । हाल चितवनमा कलकत्ते सयपत्री फूल लगाईएको छ जुन पहेंँलो रंगको रहेको र हल्याण्डबाट ल्याईएको बीउ गाढा पहेंलो र थुंगा ठूलो हुने भएकोले किसानलाई हल्याण्ड जातको फूलको बीउ वितरण गरिने उनले जानकारी दिए । ‘चितवनमा पछिल्ला बर्ष फूलखेतीमा आकर्षण बढेको । हावापानी र मौसम पनि राम्रो छ । सयपत्री फूलका लागि चितवन उपयुक्त छ ।’ उनले भने ।



