चितवन। पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर २२ पटिहानीका ७४ वर्षीय पुरुषको बिहान ७ बजेर २१ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै कालिका नगरपालिका वडा नम्बर ५ का ९५ वर्षीय पुरुषको पनि राति १२ बजे मृत्यु भएको अस्पतालका सहायक सूचना अधिकारी नारायणप्रसाद रिजालले जानकारी दिए। साथै एकजना बेवारिसे र एक जना धनुषाका कोरोना संक्रमितको पनि भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
चितवनमा आज एकैदिन चार जना संक्रमितको मृत्यु
चितवनमा आज एकैदिन चार जना संक्रमितको मृत्यु
![](https://www.chitwanpress.com/wp-content/uploads/2021/04/Bharatpur-Hospital-1024x683-1.jpeg)
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु