चितवन । टिकौली जंगलमा यात्रुबहाक मिनिबसले ठक्कर दिंँदा मोटरसाइकल र स्कुटरमा सवार तीनजना घाईते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार आज अपरान्ह पौने ३ बजे रत्ननगरनगरपालिका वडा नम्बर १० स्थित टिकौली जंगलमा भरतपुरबाट टांडीतर्फ आईरहेको बा३ख १८६३ नम्बरको बसको अचानक ब्रेक फेल भई बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–०३प २५९५ नम्बरको मोटरसाइकल र ग११प ४०९२ नम्बरको स्कुरलाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला तनहुं ब्यास नगरपालिका– ४ बस्ने बर्ष २३ की शरिना गुरुङ र स्कुटर पछाडी बस्ने सोही ठाउंँकी पुनम गुरुङघाईते भएका थिए ।
उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । यस्तै मोटरसाइकल चालक भरतपुर महानगरपालिका – १२ का शरद रेग्मीको दुर्घटनाबाट दाहिने खुट्टा फ्याक्चर भई भरतपुरको एलाईभ अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबाट स्कुटर, मोटरसाइकलमा क्षति पुगेको छ भने, मिनीबसको अगाडी शिशा पूर्ण रुपमा क्षति पुगेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

