कुरिनटार । चितवनको इच्छाकामना ४ बेलडाडाका विष्णुमाया विकको उपचारका लागि रु १९ हजार ८ सय सहयोग प्राप्त भएको छ । टाउकोको नसा फुटी अचेत अवस्थामा उपचार गराइरहनुभएका विकको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिहरुले उक्त रकम सोमबार सहयोग गरिएको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले रु ५/५ हजार, नेकपा एमालेका गाउँ कमिटी सचिव रुद्रप्रसाद उप्रेतीले आज आफ्नो जन्मदिनकने अवसर पारेर रु ५ हजार ५ सय सहयोग गर्नुभएको छ । उप्रेतीले यस अघि पनि जन्मदिनको अवसरमा सहयोग गर्दै आउनुभएको छ ।
यसै गरि ऋषि सिलवालबाट रु ५ सय, रामचन्द्र सिलवाल रु एक हजार, शिवहरि सिलवाल रु ६ सय, मान बहादुर गुरुङ रु एक हजार , बलराम सिलवाल रु ७ सय र रामप्रसाद त्रिपाठीबाट रु ५ सय सहयोग प्राप्त भएको छ । अहिले विकको काठमाडौँ बिर हस्पिटलमा उपचार भइरहेको छ ।