चितवन ।नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने प्रादेशिक सम्मेलन सौराहामा हुने भएको छ । सम्मेलनको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महासंघका प्रदेश अध्यक्ष शिव देवकोटाका अनुसार सम्मेलनमा प्रदेश अन्तर्गतका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्ष र प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनेछन् । यसैगरी महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल लगायतका पदाधिकारी अतिथिका रुपमा सहभागी हुनेछन ।
चितवन शाखाको आतिथ्यतामा हुन लागेको सम्मेलनले महासंघ बागमती प्रदेशको तीन वर्षे कार्ययोजना तयार गर्ने छ । सम्मेलनमा सदस्यता शुद्धिकरणबारेमा छलफल हुने देवकोटाले जानकारी दिए । सञ्चार क्षेत्रमा देखिएका समस्याका बारेमा जिल्ला शाखाहरुबाट सुझाव समेत संकलन गरिने उनले बताए ।

