चितवन । चितवनको भरतपुर अस्पतालमा अनलाईन टिकट शुरु भएको छ । भरतपुर अस्पतालले सूचना जारी गर्दै ओपिडी बहिरंग टिकटलाई अनलाईन गराएको जानकारी दिएको हो ।
भरतपुर अस्पतालको मोबाईल एप्लिकेशन वा भरतपुर अस्पतालको वेभसाईडमा गएर टिकट लिन सकिने व्यवस्था गरिएको अस्पतालका निमित्त मेसु प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार यो व्यवस्था यही कात्तिक १४ गते आईतबारबाट शुरु गर्न लागिएको हो ।
अस्पतालमा टिकट लिन अत्याधिक भिड भएपछि अनलाईन टिकट शुरु गरिएको बताए । व्यवस्थासँगै टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने भरतपुर अस्पतालको विश्वास रहेको छ ।


