चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा एमाले हावी भएको क्षेत्रहरुमा नेपाली कांग्रेससँग तालमेल हुने बताएका छन् ।
माडीमा कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भने, ‘अहिले एमालेविरुद्धको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, राष्ट्रिष जनमोर्चा सम्मिलित ५ दलीय गठबन्धन छ । विप्लव र वैद्यसँग पनि गठबन्धन हुन्छ । चुनावमा कांग्रेससँग पनि तालमेल गर्ने समझदारी बनेको छ ।’ उनले अहिलेको गठबन्धनमा अन्यलाई पनि ल्याउन पहल भइरहेको बताए। उनले इमानदार कम्युनिष्टबीच एकताको झण्डा फहराउने दावी गरे ।

