चितवन । नेपाली कांग्रेस नेतृ सुजता कोइरालाले आगामी चुनावमा काँग्रेसले कसैसँग पनि गठबन्धन नगर्दा राम्रो हुने बताएकी छन् । आज चितवन आएकी नेतृ कोइरालाले पत्रकारहरुसँग कुराकानीमा कांग्रेसले जुनकुनै पार्टी वा समूहसँग गठबन्धन नगर्दा नै राम्रो हुने बताइन् । राजनीतिमा परिवार भन्दा पनि विचार मिल्नुपर्ने कोइरालाको भनाइ थियो ।
‘उनले नाता ठूलो कुरा नभएको भन्दै राजनीतिमा परिवार भन्दा पनि विचार मिल्नुपर्छ । जसजसको विचार मिल्छ उनीहरु एक ठाउँमा उभिन सक्दछन्’ कोइरालाले भनिन् । सभापतिमा कसलाई समर्थन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले अहिले नै आफूले कुनै धारणा नबनाएको भन्दै परिस्थितिको आंकलन गरिहेको बताइन् ।

उनले अहिले सरेको महाधिवेशनको मिति अन्तिम रहेको भन्दै अब छिटै काङ्ग्रेसले नयाँ नेतृत्व पाउने जानकारी दिइन् । तपाइँ कुन पदमा उम्मेदवारी दिनुहुन्छ भन्ने प्रश्रमा उनले अहिलेसम्म टुंगो लगिसकेको छैन् परिस्थितिको मूल्याङ्कन गरिरहेको बताइन्। उनले आउँदो चुनावमा काँग्रेसले कुनै पार्टी तथा समूहसँग गठबन्धन नगर्दा राम्रो हुने बताइन् ।
उनले काँग्रेस आफैँमा ऐतिहासिक र सिद्धान्तसहितको पार्टी भएकाले गठबन्धनको कुरामा धेरै विचार गरेर मात्रै निर्णय लिनपर्ने बताइन् । फरक फरक प्रसङ्गमा बोल्दै उनले सर्वोच्च अदालतमा प्रधानन्यायधीश र न्यायाधीशहरुवीचको विवाद चाँडै समाधान हुनुपर्ने बताइन् ।

