चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका भित्रका ३४ पुरुष र २८ महिला गरि ६२ जना रहेका छन । यस्तै रत्ननगरका २ महिला, खैरहनी र कालिकाका १/१ महिलागरि चितवनका ६६ जना रहेका छन ।
गैंडाकोटका ६ महिला र ५ पुरुष, होप्सेकोटका १ महिला र बर्दघाटका १ पुरुष संक्रमित भएका हुन । गोरखा, लमजुङ्ग, मकवानपुर, कास्की र रौतहटका २ महिला र ३ पुरुषको सहितगरि ८४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमितहरु ९ देखि ८८ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालबाट संकलन गरिएका २१५ नमूनाको आईतवार गरिएको परिक्षणमा १३१ वटा नेगेटिभ र ८४ नमुनाको रिपोर्ट पोजेटिभ आएको हो ।