काठमाडौं। पछिल्लो २४ घण्टामा सात हजार २११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १६ हजार ७७० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा १६ हजार १४७ जनाको पीसीआर र ६२३ जनाको एन्टीजेन परीक्षण गर्दा ७ हजार १३७ र ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप १६१२ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९९४ रहेको छ ।
अहिले देशभर ४८७११ हजार २१३ सक्रिय सङ्क्रमित छन् । त्यस्तै पछिल्लो समय कोरोनाका कारण २७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार ३२५ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।