चितवन। चितवनमा बढ्दो कोरोना सङ्क्रमण र निषेधाज्ञाको घोषणासँगै नेपाल पत्रकार महासङ्घ चितवनले हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारलाई केही समस्या परेमा तत्काल समाधानका लागि सो डेस्क स्थापना गरेको जनाएको छ ।
पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीका अनुसार महासङ्घ सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा गठित डेस्कको सदस्यमा सहसचिव उर्गेन तामाङ र विप्लव काफ्ले रहनुभएको छ । पत्रकारलाई कुनै समस्या परेमा संयोजक अधिकारी वा सदस्यद्वयलाई तत्काल सम्पर्क गर्नसमेत महासङ्घ चितवनले आग्रह गरेको छ ।