चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले १० औं महाधिवेशन चितवनमा गर्दा आफूलाई फाइदा पुग्ने बताएका छन् । उनले आफूलाई के फाइदा पुगेको हो त्यो भने प्रष्ट बताएनन् ।
अध्यक्ष प्रचण्डले आफूलाई महत्व दिएर एमालेले बुटवलमा तय भएको महाधिवेशन चिवतन सारेको बताए । उनले भने, ‘प्रचण्डको भूमिका देशमा के रहेछ प्रचण्डको महत्व के रहेछ थाहा पाउने भए । एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भनेर चितवनका जनताले राम्रै बुझ्ने भए नि ।’

