काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई कोरोना संक्रमण भएपछि थापाथलीस्थित नर्भिक अस्पताल शनिवार साँझतिर उनलाई अस्पताल भर्ना गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
पखाला लागेर मनमोहन अस्पताल भर्ना भएका नेता खनाललाई कोरोना पुष्टि भएपछी मनमोहनबाट नर्भिक अस्पताल लागिएको उनी निकट स्रोतले जनायो । उहाँको विभिन्न स्वास्थ्यजाँच भइरहेको छ। पूरा रिपोर्ट आउन केही समय लाग्नेछ ।कोभिड पोजिटिभ भएपनि खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।