चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। यही बैशाख १६ गते दिउँसो भरतपुर २१ रतनपुरमा सोही स्थान बस्ने वर्ष २१ का रुपेश भनिने दीपेश विकलाई गस्ती टोलीले पक्राउ गरेको हो।
गस्ती टोलीलाई आशंका लागि चेकजाँच गर्ने क्रममा विकको साथबाट एक किलो ७०० ग्राम लागूऔषध गाँजासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए। पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको उनले बताए।