चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। यही बैशाख १३ गते भरतपुर महानगरपालिका वडा नम्बर ६ की सुस्त मनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका ४५ वर्षीय सोमबहादुर सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकरी दिए।
इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी निरीक्षाकसहितको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरीमा बुझाएको उनले बताए। आरोपित सार्कीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिए।