चितवन । चितवनमा पछिल्लो २४ घण्टामा चितवनमा थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ६१ जना र चितवन मेडिकल कलेज (सिएमसी)मा गरिएको परीक्षणमा १५८ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये १७९ जना चितवनका मात्रै छन्। शुक्रबार भरतपुर अस्पतालमा १४९ वटा नमुनाको परीक्षण हुँदा संक्रमण पुष्टि भएकामध्ये चितवनका ४७ जना र चितवन मेडिकल कलेजमा ३१९ वटा नमुना परीक्षण हुँदा संक्रमण पुष्टि भएकामध्ये चितवनका मात्रै १३२ जना छन्।
चितवनमा देखिएका संक्रमितमध्येमा पनि १४४ जना भरतपुर महानगरपालिकाभित्रका छन्। रत्ननगरमा १६ जना, माडीमा २ जना, राप्तीमा ८ जना, कालिकामा १ जना र इच्छाकामनामा ८ जनामा संक्रमण पुष्टि भएको हो।
तेस्तै चितवनको कोरोना प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये पछिल्लो २४ घण्टामा चितवनबाहिरका ४० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये चितवन मेडिकल कलेजमा २६ र भरतपुर अस्पतालमा परीक्षण गर्दा ९ जना गरी ३५ जना नवलपरासीका नागरिकमा संक्रमण पुष्टि भएको हो। यस्तै गोरखाका तीनजना, सुर्खेत र मकवानपुरका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ।