सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो पीडितको अवस्थाबारे जानकारी लिन सुनसरी पुगेका छन् ।
केही दिनअघि परेको अविरल वर्षाले मुलुकभर ठूलो धनजनको क्षति भएको थियो । पश्चिम नेपालको विभिन्न स्थानमा पुगेर पीडितको अवस्थाबारे जानकारी लिएका प्रधानमन्त्री देउवा आइतबार बिहान सुनसरी पुगेका हुन् ।
प्रदेश १ मा बाढीपहिरोबाट भएका क्षति र यसबाट पीडित भएकाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री देउवा पूर्वी नेपालको भ्रमणमा आएका हुन् । उनी आइतबारै पाँचथर र इलाम पनि जाने कार्यक्रम छ । न्युज कारखाना

